संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रकाे विकासका लागि सरकारी प्रयासले मात्रै विराट प्रगति गर्न नसकिने बताएका छन्।
नेपाल पर्यटन बाेर्डले बुधबार गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई पनि पर्यटन क्षेत्रको विकास सहयोग गर्न आग्रह गरेका छन्।
भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेकाे उनको भनाइ थियो।
आग्रह, पूर्वाग्रह नहेरी पर्यटनकाे विकासका लागि अघि बढ्न उनले आग्रह गरेका थिए।
उनले परिणाममुखी काम गरेर पर्यटनकाे क्षेत्रमा चलायमान र गतिशील बनाउन आग्रह गरेका छन्।
उनले पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धती वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएकाे हाे त्यसकाे पहिचान गरेर अघि बढ्नुपर्ने पनि बताए।
नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेकाे बताउँदै उनले के-कति कारणले चल्न सकेकाे छैन भन्दै प्रश्न गरेका छन्।