पछिल्लो समय पर्वतीय पर्यटनमा विदेशीसँगै आन्तरिक पर्यटक पनि जान थालेका छन्।
पर्यटकलाई लक्षित गर्दै हाल बुद्ध, यती र श्री एयरलाइन्सले पर्वतीय उडान गरिरहेका छन्।
बुद्धले काठमाडौं-माउन्टेन दैनिक तीन वटा उडान गरिरहेको छ। श्री एयरले काठमाडौं-माउन्टेन दुई वटा उडान गरिरहेको छ। त्यस्तै, श्रीले काठमाडौं-माउन्टेन दैनिक एक उडान गरिरहेको छ।
हवाई यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले समय/समयमा हवाइ भाडादर तोकेर सम्बन्धित वायुसेवा कम्पनीहरूलाई पठाएको हुन्छ।
प्राधिकरणले तोकेको भाडादरकै आधारमा एयरलाइन्समा अधिकतमदेखि न्यूनतम भाडादर हुन्छ।
बुद्ध एयरलाइन्समा काठमाडौं- माउन्टेनका लागि भाडादर १४ हजार ७८ रूपैयाँ रहेको छ।
यती एयरमा पनि काठमाडौं-माउन्टेनका लागि भाडादर १४ हजार ७८ रूपैयाँ रहेको छ।
त्यस्तै, श्री एयरमा काठमाडौं- माउन्टेनका लागि १४ हजार ७५ रूपैयाँ रहेको छ।