काठमाडौं-सुर्खेत रूटमा अहिले बुद्ध र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।
बुद्धले काठमाडौं-सुर्खेत दैनिक तीन वटा उडान गरिरहेको छ। श्री एयरले काठमाडौं-सुर्खेत दुई वटा उडान गरिरहेको छ।
हवाई यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले समय/समयमा हवाइ भाडादर तोकेर सम्बन्धित वायुसेवा कम्पनीहरूलाई पठाएको हुन्छ।
प्राधिकरणले तोकेको भाडादरकै आधारमा एयरलाइन्समा अधिकतमदेखि न्यूनतम भाडादर हुन्छ।
बुद्ध एयरलाइन्समा काठमाडौं-सुर्खेतका लागि न्यूनतम भाडादर सात हजार रूपैयाँ रहेको छ। त्यस्तै, यही गन्तव्यका लागि अधिकतम भाडादर १४ हजार १६८ रूपैयाँ रहेको छ।
श्री एयरमा पनि काठमाडौं-सुर्खेतका लागि न्यूनतम भाडादर सात हजार रूपैयाँ रहेको छ। त्यस्तै, यही गन्तव्यमा अधिकतम भाडादर १४ हजार रूपैयाँ रहेको छ।