टाइम म्यागजिनले संसारका उत्कृष्ट ठाउँहरूको सूची सार्वजनिक गरेको छ।
सन् २०२४ मा भ्रमणका निम्ति छानेका उत्कृष्ट सय ठाउँहरूमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको छ। निकुञ्जको 'बुरहान वाइल्डरनेस क्याम्प' लाई टाइमले यो सूचीको १६ औं नम्बरमा राखेको हो।
बिहीबार अमेरिकी म्यागजिन टाइमले ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची सार्वजनिक गरेको हो। यसका लागि टाइमले संवाददाता र सहयोगीहरूको मद्दत लिएको थियो।
बुरान वाइल्डरनेस क्याम्प बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा अवस्थित छ।
यो भावनापूर्ण संरक्षणवादीहरूको टोलीद्वारा सञ्चालित छ। यस क्षेत्रमा एकसिङे गैँडा, बङ्गाल टाइगर, एसियाली जंगली हात्ती, र ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिशिङ ओल जस्ता धेरै चराहरू सहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बुरहान वाइल्डरनेस क्याम्पमा रहेर विभिन्न गतिविधि गर्न पाइन्छ।
यसबाहेक बुरहान वाइल्डरनेस क्याम्पको विशेषता भनेको पर्यटकलाई यहाँ क्याम्पिङको व्यवस्था मिलाइन्छ। पर्यटक नभएको समयमा भने आरक्षण क्षेत्रमा कुनै पनि क्याम्प गराइँदैन।
संरक्षणविद् मनोज गौतम र उनकी दिदी प्रभा गौतमले वास्तविक रूपमा पुन: प्रयोगमुखी संरक्षणलाई बढावा दिन यसको स्थापना गरेका हुन्। यसले स्थानीय जनतालाई बढीभन्दा बढी लाभ हुनुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न पनि मद्दत पुगेको छ।
गत वर्ष, ५ सयभन्दा बढी पर्यटकहरू पुगेको बुरानले जनाएको छ।