तिहार बिदाको समयमा कतै घुम्न जाने सोच्दै हुनुहुन्छ, छोटो र चित्ताकर्षक पदयात्राबारे विचार गरिरहनु भएको छ भने लाङटाङ उपत्यका तपाईंका निम्ति उपयुक्त गन्तव्य हुन सक्छ।
रसुवाको स्याफ्रुबेंसीबाट आरामपूर्वक हिँड्दा दुई दिनमा पुग्न सकिने यो रूट पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकहरूको आकर्षणमा परेको छ।
स्याफ्रुबेंसीसम्म पुग्नका लागि काठमाडौंको बालाजु, माछापोखरीबाट बिहान ७–१० बजे गाडी छुट्ने गर्छ। स्याफ्रुबेँसीसम्म गाडीमा र त्यहाँबाट पैदल हिँडेर लाङटाङ उपत्यकासम्मको रूट तय गर्न सकिन्छ।
माछापोखरीबाट बिहान गाडी चढ्दा दिउँसो ३ बजेसम्म स्याफ्रुबेंसी पुग्न सकिन्छ। त्यहाँबाट बेम्बो अथवा लामा होटलसम्मको दुरी तय गर्ने हो भने भोलिपल्ट आरामपूर्वक लाङटाङ उपत्यका पुग्न सकिन्छ।
कलकल बगिरहेको लाङटाङको किनारैकिनार पदयात्रा गर्न पाइने यो रूटको अर्को विशेषता हो। लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र पहाड रसाएर बगेका झरना र लामा होटलबाट अगाडि बढेपछि हिमालसँग साक्षात्कार हुँदै जान पाइने हुनाले पनि यो रूट प्रिय बन्दै छ।
लाङटाङ उपत्यका ३ हजार ४३० मिटर उचाइमा रहेको छ। बिस्तारै उचाइ चढ्दै जाने प्रकृतिको पदमार्ग रहेकाले पदयात्रीलाई त्यति असहज अनुभूति भने हुँदैन।
तस्बिरहरूः
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpg)
.jpg)
.jpg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)