बुद्ध एयरले आफ्ना यात्रुलाइ ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन हुन अनुरोध गरेको छ।
शनिबार जनकपुरमा 'मुसा' देखिएपछि बुद्धले सबै यात्रुलाइ यस्तो अनुरोध गरेको हो। यात्रुले मुसा देखिएको रिपोर्ट गरेपछि बुद्धले शनिबार अर्को जहाजमार्फत उडान गरेको थियो।
रोकिएका जहाज ९एन–एजेएलमा शनिबार बिहान ट्रयापमा मुसा भेटिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो।
आइतबार बिहान प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको हो।
जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोबाट पुनः व्यवसायिक उडान थालिने कम्पनीले बताएको छ।