सरकारले गोरखा जिल्लामा जातीय संग्रहालय बनाउने तयारी गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै उनले गोरखा जिल्लाको उपयुक्त स्थललाई नेपालका सम्पूर्ण जातजातिको संस्कृति झल्कने जीवन्त संग्रहालय बनाउने बताएका हुन्।
संघीय संसद्को दुवै सदनलाई राष्ट्रपतिको सम्बोधन जारी छ।
‘धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई सुन्दर र आकर्षक बनाइने छ। हाम्रो सम्पदा, राम्रो सम्पदा कार्यक्रम सञ्चालन गरिने छ। धार्मिक सांस्कृतिक परिपथको विकास गरिने छ। पर्यटन सञ्जाल बढाइने छ। राष्ट्रिय मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन गरिने छ। स्रष्टाहरूको वृत्ति विकासमा जोड दिइने छ। अनुसन्धानका निम्ति स्रष्टावृत्तिको कार्यक्रम ल्याइने छ,’ उनले नीति कार्यक्रम प्रस्तुत गर्दै भने।
पर्यटन ऐन समयानुकूल परिमार्जन हुने पनि उनले बताए। सूचीकृत पर्यटकीय गन्तव्यहरूको विश्व्यापी प्रचार गरिने पनि राष्ट्रपतिले सदन समक्ष सुनाए।