सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको अभियानअन्तर्गत टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुवंर र प्युठ किशोर जबेगु सोमबार (आज) १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन्।
उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पा लगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका छन्।
यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।