सन् २०२३ को अप्रिलमा झन्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन्।
पर्यटन बोर्डको तथ्यांकअनुसार अप्रिलमा ९८ हजार ७०३ जना पर्यटक भित्रिएका हुन्।
यसअघि मार्च महिनामा ९९ हजार ४२६ जना पर्यटक आएका थिए।
कोभिडपछि यसपाली पर्यटक आगमन बढेको छ। पर्यटकीय सिजनमा पर्यटकको आगमन उत्साहजनक रहेको बोर्डले बताएको छ।
यसअघि सन् २०२२ को अप्रिलमा ६१ हजार ५८९ र २०२१ को अप्रिलमा २२ हजार ७३२ जना पर्यटक नेपाल आएका थिए।
बोर्डकाअनुसार सन् २०१९ को तुलनामा पर्यटक आगमनमा ९०.२८ प्रतिशतले रिभाइभ भएको छ।
यससँगै २०२३ को चार महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या ३ लाख २६ हजार ५२८ पुगेको छ।
अप्रिलमा सबैभन्दा धेरै ३१ हजार ४३७ भारतीय पर्यटक नेपाल भित्रिएका छन्।
त्यस्तै, अमेरिकाबाट ८ हजार ४१३, बेलायतबाट ५ हजार ४०९, चीनबाट ४ हजार ७७०, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना पर्यटक आएका छन्।
त्यस्तै जर्मनीबाट ३ हजार २४६, फ्रान्सबाट ३ हजार २११, रसियाबाट २ हजार ६६७, बंगलादेशबाट २ हजार २१७ र थाइल्याण्डबाट २ हजार १०२ जना पर्यटक भित्रिएका छन्।