नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता बुझाएको छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।
निगमले २०७९ चैत्र ३० मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई उक्त रकम बुझाएको हो।
यससँगै निगमले हालसम्म दुबै कोषलाई दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
निगमकाअनुसार २०७९ सालको असारमा एक अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको थियो।
त्यस्तै पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको हो।
साथै, विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकाले यो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न र किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कोषलाई अनुरोध पत्र पठाएको छ।