झापाको विएण्सी अस्पताललाई नेपाल सरकारले मेडिकल कलेजको अनुमति दिनुपर्ने पूर्वेलीले बताएका छन्।
पुर्वाधारयुक्त अस्पताल ४ वर्षदेखि मेडिकल कलेजको स्वीकृतिको पर्खाईमा छ। सो अस्पतालले मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पनि पुरा गरिसकेको अस्पतालले दाबी गरेको छ।
मेची अञ्चलमा एउटा शिक्षण अस्पतालको आवश्यता छ रहेको भन्दै पूर्वाधारयुक्त विएण्सीले मेडिकल कलेजको सम्बन्धन पाउनुपर्ने स्थानीयवासीले माग गरेका छन्।
भौतिक संरचना निर्माण भईसकेको अस्पतालले सम्वन्ध नपाउनुपर्ने कुनै कारण नभएको स्थानीयको गुनासो छ।
धरान १ की सिता देवि शंकर उपचारका लागि पहिलो पटक विएण्सी अस्पताल गएकी थिईन्। अनुहारको प्यारालाईसीस रोगको निदानका लागि अस्पताल आएकी उनले भनिन्, ‘यस्तो पूर्वाधारयुक्त अस्पताल मेचीमा छैन। मेची अञ्चलवासीका लागि पनि सरकारले विएण्डसीलाई सम्वन्ध दिन जरूरी छ’, उनले भनिन्, ‘ सम्बन्धन दिँदा न सरकारलाई घाटा हुन्छ नत पूर्वेली जनतालाई नै।’
ताप्लेजुङका तिलोक सिंह नाल्वोलाई वैसाख २ गते करेन्ट लागेको थियो। विद्युतका प्राविधिकसमेत रहेका नाल्वो १५ दिनदेखि विएण्सीमा उपचारत छन्। ‘करेन्ट लाग्ने वित्तिकै उहाँलाई जिल्ला अस्पताल ताप्लेजुङ लगियो,’ उनकी श्रीमति हरिकलाले भनिन्, ‘ताप्लेजुङ जिल्ला अस्पताले काम दिँदैन भनेर फर्कायो। मैले झापाको विएण्सी अस्पताल लैजाने निधो गरे। जतिवेला मेरो श्रीमानको होस थिएन। अस्पताल ल्याईपुर्याउँदासमेत मलाई श्रीमान घर लैजान सक्छु जस्तो लागेकै थिएन, तर चिकित्सकले उपचार शुरु गरेको १ दिनपछिनै मेरो श्रीमानको होस खुल्यो।’
घरको वेरिङ गर्ने क्रममा उनलाई करन्ट लागेर ३ तला माथिदेखि झरेका थिए।
उपचार सही भएकाले विएण्सीले पुर्नजीवन दिएको नाल्बोले बताए। ‘मेचीमा यस्ता सुविधा सम्पन्न अस्पताल नभएरै पनि दुःख झेल्नु परेको छ।’
विएण्डसी अस्पतालले सरकारका सवै मापदण्ड पुरागरिसकेको बताएको छ। नेपाल सरकारको शिक्षा मन्त्रालय अर्न्तगतको उच्च प्राविधिक शिक्षा प्रवर्धन तथा अनुगमन समितिले सो अस्पतालको स्थलगत निरिक्षण गरेको थियो।
तत्कालिन शिक्षा मन्त्री दिनानाथ शर्मा स्वयम् अध्यक्ष रहेको समितिले हालसम्म मेडिकल कलेज स्थापना हुन नसकेका सेती, महाकाली, कर्णाली, धौलागिरी, राप्ती, भेरीको बाँके बाहेकका अन्य जिल्ला र मेची अन्चललाई प्राथमिकतामा राखेर मेडिकल कलेजको आवेदन खुल्ला गरेको थियो।
समितिले आवेदन खुल्ला गरेपछि पनि विएण्सी अस्पतालले सबै प्रकृया पुर्याएर समितिले मेडिकल कलेजको अनुमति स्वीकृतका लागि मनसाय पत्र विएण्सीलाई दिएको अस्पतालका निर्देशक दुर्गा प्रसाईले बताए।
विएण्सीले शिक्षण अस्पताल सञ्चानल अनुमतिका लागि तयार गरेको ईआइए प्रतिवेदन पनि तत्कालिन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो। ‘सवै कानुनी प्रकृया पुरा भयो तर मेडिकल कलेजको स्वीकृती दिएको छैन,’ अस्पतालका निर्देशक प्रसाईले भने, ‘१७ बिगाहा जग्गा क्षेत्रमा करिब ६०० करोडको लगानी वालुवामा पानी जस्तै हुने भयो।’
पूर्वको ताप्लेजुँङ, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सुनसरी, मोरङलगायत १६ वटै जिल्ला र भारतका गान्तोक, सिक्कीम, आसम, विहार, दार्जेलिङ लगायतका करिब ८ सयभन्दा बढी विरामी दैनिक उपचारका लागि विएण्सी आउने गरेका छन्।
विएण्सीमा १७ वटा विभाग छन्, अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार न्यूरो, मुटु, अर्थो, फिजिसीयन, गाईनो, क्यान्सरलगायतका विभाग अस्पतालमा छन्। उनले भने, ‘कुनै पनि विरामी रेफर हुनुपर्देन।’
२०७१ सालमा खुलेको अस्पतालमा ७७१ जना जनशक्ति छ। विर्तामोडको विएण्डसी अस्पतालले मेडिकल कलेजको स्वीकृती पाउने वित्तीकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयले बताए।
शिवसताक्षीका नेपाली कांग्रेस सभापति पर्शुराम ढुंगानाले मेडिकल कलेजको सम्वन्ध विएण्सीले पाउने वित्तिकै हरेक झापालीको दैनिक आयमा वृद्धि हुने दाबी गरे। ‘व्यापार व्यवसाय फस्टाने, रोजगारीका अवसर सृजना हुने, स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने कुरामा कसैले नकार्न सक्दैन,’ उनले भने।