प्रतितोला करिब ५८ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य तीन दिनयता भने लगातार घटिरहेको छ। शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेकोमा आज ५६ हजार ९ सय रुपैयाँमा झरेको छ।
आइतबार ५७ हजार ५ सय र सोमबार ५७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। सोमबारको तुलनामा आज थप ३ सय रुपैयाँले सुन सस्तो भएको हो।
त्यस्तै चाँदी पनि तीन दिनदेखि घट्न थालेको छ। शुक्रबार तोलामा ७९५ कायम भएकोमा आज ७८० मा झरेको छ। तीनै दिन प्रतितोला ५ रुपैयाँका दरले चाँदी घटेको छ।