सुनको मूल्य शुक्रबार तोलामा करिब ५८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय रुपैयाँ तोकेको छ।
महासंघका अनुसार शुक्रबारको मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो। त्यस्तै चाँदी पनि महँगिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले महँगिएर चाँदी ७९५ कायम भएको छ।
अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरियाको तनाव बढ्दै जाँदा सुनको मूल्य पनि बढिरहेको छ। एक महिनाकै अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ।