बुधबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ३ सय र चाँदीको १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार फाइन सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा ७३५ कायम भएको छ।
स्टान्डर्ड सुनको मूल्य फाइनकोभन्दा तीन सय रुपैयाँ कम रहने गर्दछ। ९९.९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिन्छ।