नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।
बुधबार तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।