नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ।
आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आइतबार चाँदी प्रतितोला एक हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।