नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।
गत मंगलबारदेखि नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो।
गत मंगलबार, बुधबार, बिहीबार र आइतबार गरी चार दिन सुनको भाउमा ऐतिहासिक रेकर्ड बनेको हो।
शुक्रबार, सोमबार र मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
उक्त मूल्य हालसम्मकै उच्च विन्दु हो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।