नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आइतबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।