साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेकाे सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नाै सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएकाे थियाे।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भइरहेको छ।
याे मूल्य अघिल्लो दिनकाे तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेकाे हाे।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।