मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले तेस्रो दिन अर्थात् मंगलबार पनि निरन्तरता पाएको हो।
आइतबार प्रतितोला छ सय रूपैयाँ, सोमबार प्रतितोला चार सय रूपैयाँ र मंगलबार प्रतितोला पाँच सय रूपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १३ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।