बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसयाी महासंघले निर्धारण गरेको मूल्यअनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
बिहीबार स्थानीय बजारमा छापावाला सुनको मूल्य एक लाख १२ हजार आठ सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर एक लाख लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदीको मूल्य पाँच रूपैयाँले घटेको छ।
यस दिन चाँदी प्रतितोला एक हजार ४८० रूपैयाँमा कारोबार भएको छ।