नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ।
आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
निरन्तर बढेको सुनको भाउ यो सातामै ५ हजार ३ सय रूपैयाँले बढेको हो।
गत आइतबार ९६ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन यो साता ५३ सय बढेर १ लाख १ हजार ९ सय पुगेको हो।
पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो।
फागुन १५ |
छापावाल सुन प्रतितोला: ९६ हजार ६ सय |
तेजावी सुन : ९६ हजार १ सय |
असली चाँदीः १२९५ |
फागुन १६ |
छापावाल सुन प्रतितोला: ९८ हजार २ सय |
तेजावी सुन : ९७ हजार ७ सय |
असली चाँदीः१३४० |
फागुन १७ |
छापावाल सुन प्रतितोला: ९७ हजार ६ सय |
तेजावी सुन : ९७ हजार १ सय |
असली चाँदीः १३३५ |
फागुन १८ |
छापावाल सुन प्रतितोला: ९९ हजार ५ सय |
तेजावी सुन : ९९ हजार |
असली चाँदीः १३७५ |
फागुन १९ |
छापावाल सुन प्रतितोला: ९९ हजार |
तेजावी सुन : ९८ हजार ५ सय |
असली चाँदीः १३८० |
फागुन २० |
छापावाल सुन प्रतितोला: ९९ हजार ९ सय |
तेजावी सुन : ९९ हजार ४ सय |
असली चाँदीः १३८० |
फागुन २२ |
छापावाल सुन प्रतितोला: १ लाख १ हजार ९ सय |
तेजावी सुन : १ लाख १ हजार ४ सय |
असली चाँदीः १४१५ |