शुक्रबार सुनकोे मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेर ५७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यो मुल्य तेजाबी सुनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढि हो।
अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँ बढेर ७ सय ४५ रुपैयाँ कायम भएको छ।