शुक्रबार सुनको मूल्यमा चार सय रुपैयाँले कमी आएको छ। बिहीबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
एक महिनाअघि अर्थात पुस १३ गते सुनको मूल्य तोलामा ५५ हजार ६ सय रुपैयाँ रहेको थियो। सुनको मूल्यमा विगत एक वर्षलाई हेर्दा न्यूनतम ५२ हजार ८ सयसम्म झरेको छ भने अधिकतम भदौ २३ र हिजोकै मूल्य हो। यी दुई दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भयो।
त्यस्तै चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले घटेर ७६० कायम भएको छ।