सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेको छ।
अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सयले बढेर ५७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि माघ २ गते पनि यही मूल्यमा कारोबार भएको थियो। यो मूल्य विगत ४ महिनायताकै उच्च हो।
चाँदीको मूल्य भने स्थिर छ। प्रतितोला ७५० मा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।