बुधबार चार महिनायताकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने घटेको छ। यस दिन प्रतितोला ४ सय रुपैयाँले मूल्य घटेको हो।
अघिल्लो दिन ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५६ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। फाइन गुणस्तरको यो मूल्यमा स्टान्डर्ड गुणस्तरको भने ३ सय रुपैयाँले कमी पर्दछ।
त्यस्तै चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ। अघिल्लो दिन तोलाको ७६० रुपैयाँ रहेको चाँदी यस दिन ७५५ कायम भएको छ।