सुनको मूल्यले ५७ हजार रुपैयाँ नाघेको छ।
अघिल्लो दिनसम्म प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन मंगलबार ५७ हजार २ सय रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विगत एक वर्ष हेर्ने हो भने सुनको मूल्य अधिकतम ५७ हजार ८ सय रुपैयाँसम्म पुगेको छ। गत भदौ २३ गते सो मूल्यमा सुनको कारोबार भएको थियो। एक वर्षको अवधिमा गत असार २६ र २७ गते न्यूनतम मूल्य ५२ हजार ८ सयसम्म झरेको छ।
यसैबीच चाँदीको मूल्य आज प्रतितोला ७६५ कायम भएको छ। अघिल्लो दिनकोभन्दा यो मूल्य ५ रुपैयाँ बढी हो। विगत एक वर्षलाई हेर्दा चाँदीको मूल्य न्यूनतम प्रतितोला ७०५ सम्म झरेको छ भने अधिकतम ८३५ सम्म पुगेको छ।