आइतबार सुनको मूल्य ५७ हजार पुगेको छ। यो मूल्य २ महिनायताकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आजको मूल्य ४ सय रुपैयाँले बढी हो। यो मूल्य ९९.९ प्रतिशत शुद्ध अर्थात फाइन सुनको हो। स्टान्डर्ड सुन अर्थात ९९. ५ प्रतिशत शुद्ध सुनको मूल्य भने फाइनकोभन्दा ३ सय रुपैयाँ कम पर्ने गर्दछ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ७५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७६० कायम भएको महासंघले जनाएको छ।