बिहीबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ।
अघिल्लो दिन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन ५६ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आजको मूल्य पचास दिनयताकै महँगो हो। यसअघि गत मंसिर ४ गते पनि आजकै मूल्यमा अर्थात ५६ हजार ४ सय रुपैयाँमै सुनको कारोबार भएको थियो। त्यसयता सो मूल्यभन्दा कम रहँदै आएको थियो।
त्यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ७४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७५० कायम भएको छ।