सुनको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ पुगेको छ। केही दिनयता बढ्दै गएको सुनको मूल्य आज १ सय रुपैयाँ महँगिएको हो।
अघिल्लो दिन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ रहेको फाइन गुणस्तरको सुनको मूल्य बिहीबार ५५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ७३० रुपैयाँ रहेको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।