साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३ सय तथा चाँदी १० रुपैयाँले बढेको हो।
अघिल्लो दिन प्रतितोला ५४ हजार छ सय रुपैयाँ रहेको फाइन गुणस्तरमा सुनको मूल्य आज ५४ हजार ९ सय कायम भएको छ। त्यस्तै स्टान्डर्ड गुणस्तरको सुनको मूल्य ५४ हजार ६ सय कायम भएको छ।
चाँदीको मूल्य अघिल्लो दिन प्रतितोला ७२० रहेकोमा आज ७३० पुगेको छ। केही दिनयता सुनचाँदीको मूल्य उकालो गतिमा देखिएको छ। गत आइतबार सुनको मूल्य ५४ हजार ३ सय थियो भने चाँदीको मूल्य ७१५ रुपैयाँ थियो।