मंगलबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। सुनको मूल्य यस दिन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्ला तीन दिनसम्म प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ६ सय पुगेको छ। यो फाइन गुणस्तरको मूल्य हो।
स्टान्डर्ड गुणस्तरको मूल्य ५४ हजार ३ सय रुपैयाँ छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्धलाई स्टान्डर्ड भनी व्याख्या गर्ने गरिएको छ।
चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको छ।