विगत एक सातामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ।
गत बुधबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन आज ५५ हजार कायम भएको छ। यो मूल्य दुई महिनायताकै सस्तो हो। स्टान्डर्ड सुनको मूल्य भने तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको छ।
९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्धलाई स्टान्डर्ड सुन भनेर व्याख्या गर्ने गरिन्छ।
त्यस्तै चाँदीको मूल्य झरेर प्रतितोला ७२५ कायम भएको छ। एक सातामा चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ। गत बुधबार चाँदी प्रतितोला ७५५ रुपैयाँ थियो।