बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन सय तथा चाँदी १० रुपैयाँले घटेको छ।
बुधबार तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन आज ५५ हजार ७ सय रुपैयाँमा झरेको छ। यसअघि मंगलबार ५६ हजार १ सय रुपैयाँ थियो।
त्यस्तै बुधबार प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको चाँदी ७४५ मा झरेको छ। यसअघि मंगलबार चाँदी ७६० रुपैयाँमा कारोबार भएको थियो।