मंगलबारको तुलनामा बुधबार सुनको मूल्य एक तोलामा दुई सय रुपैयाँले सस्तो भएको छ। मंगलबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्टान्डर्ड सुनको मूल्य आज तोलामा ५५ हजार ८ सय रुपैयाँ रहेको छ। ९९.९ प्रतिशत शुद्ध सुनलाई फाइन तथा ९९.५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिन्छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।