साताको पहिलो दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँले सुन महँगिएको छ। यसअघि शुक्रबार प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको फाइन सुन आज ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्टान्डर्ड सुनको मूल्य तोलामा ५६ हजार १ सय रुपैयाँ रहेको छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन तथा ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिन्छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ महँगो भएको छ। शुक्रबार प्रतितोला ७६५ मा कारोबार भएको चाँदी आज ७७५ कायम भएको छ।