दुई दिनमा सुनको मूल्य ६ सय रुपैयाँले महँगिएको छ। यसअघि सोमबार प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ५५ हजार ९ सय रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार ५५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। यो मूल्य ९९.९ प्रतिशत शुद्ध फाइन सुनको मूल्य हो। स्टान्डर्ड अर्थात ९९. ५ प्रतिशत शुद्ध सुनको मूल्य प्रतितोला ५५ हजार ६ सय रुपैयाँ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसबीचमा चाँदी १० रुपैयाँले महँगो भएको छ। सोमबार प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ७६५ कायम भएको छ।