आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन फाइन (९९.९ प्रतिशत शुद्ध) सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ बढी हो। स्टान्डर्ड (९९.५ प्रतिशत शुद्ध) सुनको मूल्य भने प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७६० रुपैयाँ कायम भएको छ। जुन अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढी हो। गत शुक्रबार चाँदी प्रतितोला ७५५ मा कारोबार भएको थियो।