इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले नयाँ सुपर भ्यालु अफर ल्याएको छ।
यस अफर अन्तर्गत ग्राहकले कम मूल्यमा बढी इन्टरनेट स्पिड प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीले पहिलो पटक ३० एमबिपिएसको अनलिमिटेड इन्टरनेट बजारमा ल्याएको छ।
सुपर भ्यालु अफरलाई ६ एमबिपिएस, १२ एमबिपिएस र ३० एमबिपिएसमा विभाजन गरिएको छ। जस अन्तर्गत वार्षिक ग्राहकले ६ एमबिपिएस स्पिडको अनलिमिटेड इन्टरनेटको लागि १०९९ रुपैयाँ तिर्नु पर्नेछ भने १२ एमबिपिएस स्पिडको लागि १२५० र ३० एमबिपिएस स्पिडको लागि १४५० रुपैयाँ तिर्नु पर्नेछ।
भायनेटले ४१ वटा एचडि र ८४ वटा एसडि च्यानल भएको नेट टि.भी.को सुविधा पनि प्रदान गर्दै आएको छ। हाल काठमाडौं, ललितपुर र भक्तपुरका क्षेत्रहरुमा भायनेटको फाइबर कभरेज रहेको छ। हालसालै आफ्नो सेवा बनेपामा पनि सुचारु गरेको कम्पनीले जनाएको छ।