भारतमा सबैभन्दा छोटो फोन सार्वजनिक गरिएको छ। Elari NanoPhone C नाम राखिएको यस फोनलाई NanoPhone नामक कम्पनीले तयार पारेको हो भने यसलाई भारतिय इकमर्श साइट Yerha.com राखिएको छ।
यो फोन डेविट वा क्रेडिट कार्डको साइज भन्दा पनि सानो रहेको छ।
यसको मूल्य ३ हजार ९ सय ४० भारु अर्थात करिब ६ हजार ३ सय रुपैंयाँ निर्धारण गरिएको छ।फोनमा २८० एमएएच ब्याट्री समावेश गरिएको छ भने मिडियाटेक एमटी६२६१डी चिपसेट तथा ३२ एमबी र्याम छ।
३२ एमबी इन्टरनल मेमोरी कार्ड छ भने ३२ जीबी मेमोरी कार्ड समावेश गरिएको छ।
एक इन्च टिएफटी डिस्प्ले सिक्रन भएको फोनमा एमपीथ्री प्लेयर, एफएम रेडियो, फोन रेकर्डिङ लगायतका फिचर्स छन्।
फोनको वजन ३० ग्राम छ भने ९४.४×३५.८५×७६ एमएम डाइमेन्सन् रहेको छ।