आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद ग्रहण गर्दै यो पर्व मनाइन्छ।
आफ्ना सन्तानलाई जस्तो सुकै परिस्थितिमा पनि सधैं मायाको बन्धनले बाँधि राख्ने आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ। यो दिनलाई मातृऔंशी एवं मातृ दिवस पनि भनिन्छ।
प्रत्येक वर्ष वैशाख कृष्ण औंशीका दिन मनाइने यस पर्वको अवसरमा एनसेलले एक विषेश भिडिओ सार्वजनिक गरेको छ।
संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔं, सम्बन्ध सधैं विशेष बनाऔं भन्ने सन्देश भिडिओले बोकेको कम्पनीले बताएको छ।
यस्तो छ भिडिओ :