सामसङले नेपाली बजारमा 'ग्यालेक्सी एम१४ एलटिई' सार्वजनिक गरेको छ।
ग्यालेक्सी एम१४ एलटिईमा भएको ५० मेगापिक्सल ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरूले ग्याजेटप्रेमीहरूलाई आकर्षित गर्नेमा कम्पनी विश्वस्त छ।
ग्यालेक्सीको एम सिरिजले सुरुआतदेखि नै ग्राहकहरूले रुचाउएको कम्पनीको दाबी छ। यस्तैमा यही सिरिजमा नयाँ फोन सार्वजनिक गर्न पाउँदा कम्पनी हर्षित भएको जनाएको छ।
ग्यालेक्सी एम१४ एलटिईमा एफ १.८ सहितको ५० मेगापिक्सल ट्रिपल क्यामेरा सेटअप पाउन सकिन्छ। साथै यसमा १३ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ।
यो फोनले ५००० एमएएच ब्याट्री र २५ वाट फास्ट चार्जिङ समर्थन गर्छ। यसको अत्याधुनिक क्वाल्कम स्नापड्रागन ६८० अक्टा–कोर प्रोसेसरले यसको सेगमेन्टमा बेग्लै मापदण्ड सेट गरेको कम्पनीको भनाइ छ। यो चिपसेटले सिमलेस मल्टिटास्किङ समर्थन गर्छ।
ग्यालेक्सी एम१४ एलटिईमा ६.७ इन्चको पिएलएस एलसिडी इन्फिनिटी डिस्प्ले दिइएको छ। यसमा एनड्रोइड १३ प्लेटफर्ममा निर्मित वान युआइ ५.१ को सुविधा छ। सामसङले ग्यालेक्सी एम१४ एलटिईको लागि दुई जेनेरेसनसम्म ओएस अपग्रेड र ४ वर्षसम्मको सुरक्षा अपडेटहरूको ग्यारेन्टी दिने बताएको छ।
ग्यालेक्सी एम१४ एलटिई निलो र गाढा निलो गरी नेपाली बजारमा दुई आकर्षक रंगहरूमा उपलब्ध हुनेछ
नेपाली बजारमा ४/६४ जिबी संस्करणको ग्यालेक्सी एम१४ एलटिईको मूल्य १६ हजार नौ सय ९९ रूपैयाँ र ६/१२८ जिबी संस्करणको मूल्य २१ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ। यो मोडेल सन् २०२४ को अप्रिल १८ तारिख (बिहीबार)बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सामसङको आधिकारिक स्टोरहरूबाट इन्स्टा फाइनान्स सेवाअन्तर्गत २० हजारभन्दा बढी मूल्यको फोनहरू शून्य प्रतिशत इएमआईमा खरिद गर्न सकिनेछ।