अन्तर्राष्ट्रिय मिडिया कम्पनी अलेफ ग्रुपअन्तर्गतको मिडियम ग्रुप नेपाली बजारको लागि गुगलको आधिकारिक प्रतिनिधि बनेको छ।
मिडियम ग्रुपले नेपाली बजारमा डिजिटल मार्केटिङलाई बढावा दिने उद्देश्यसहित आधिकारिक गुगल मिडिया बिक्री प्रतिनिधिको रूपमा आफूले जिम्मेवारी पाएको जानकारी दिएको हो।
यसले हाल स्थानीय विज्ञापन एजेन्सी तथा विज्ञापनदातामार्फत भइरहेको डिजिटल क्यामपेनलाई प्रभावकारी बनाउनेछ।
मिडियमले अब नेपाली विज्ञापनदाताहरूलाई 'गुगल एड'मा पहुँच दिनेछ। योसँगै युट्युब, सर्च र डिस्प्ले एडसम्बन्धी सेवा समेत उनीहरूले पाउनेछन्।
यस्तै गुगलमा दैनिक हुने सर्च, ग्राहकहरूबाट आउने सक्ने जिज्ञासा र व्यवसायसम्बन्धि मूल्यवान जनाकारी यहाँका विज्ञापनदाताहरूले पाउनेछन्। गुगलमार्फत गरिने विज्ञापन आफ्ना लक्षित ग्राहकसम्म पुग्ने भरपर्दो माध्यम मानिन्छ।