एनसेलले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ।
'आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं' भन्दै एनसेलले यो भिडिओ सन्देश बनाएको बताएको छ।
आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्वमध्ये एक हो। तर, साथीभाई, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक विस्तारै हराउँदै गएको छ।
छोराछोरीहरू आ–आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमाहरू एक्ला हुन्छन्। यही कमी महसुस गरेर एनसेलले यो भिडिओ बनाएको बताएको छ।
भिडिओमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत् कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश रहेको जनाइएको छ।
सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडिओमा देख्न सकिन्छ।
यी र यस्तै सन्देशमार्फत हरेक नाता–सम्बन्धलाई बलियो बनाउन र चाडपर्वको परम्परालाई जोगाइराख्न एनसेलले प्रयास गर्दै आएको बताएको छ।
यस्तो छ भिडिओ: