एनसेलले इएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ।
ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङसम्बन्धी गतिविधि सञ्चालन गर्न इएन्ड इन्टरनेसनलसँग समझदारी भएको कमपनीले बताएको छ।
बार्सिलोनामा बुधबार भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र इएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सिभिएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन्।
यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दुरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्वपूर्ण हुने कम्पनीले बताएको छ।
यसका लागि एनसेल र इएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान गर्ने विश्वास एनसेलको छ।
'इएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्वपूर्ण उपलब्धी हो। यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पुर्याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ,' जाब्बोर कायुमोभले भने।
इएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई धेरै अवसरका साथ सशक्त बनाउने उनको विश्वास छ।
इएन्ड इन्टरनेसनलका साथै एनसेलका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आफ्ना सेयरधनी, व्यावसायिक साझेदार र सम्पूर्ण दूरसञ्चार क्षेत्रको प्रगतिमा योगदान पुर्याउन आफूहरू तयार रहेको उनले बताए।
मोबाइल कनेक्टिभीभन्दा बाहिरसमेत नेटवर्क पूर्वाधार विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा डिजिटल नेपाल भिजनको उद्देश्य प्राप्त गर्ने लक्ष्यमा योगदान पुर्याउन प्रतिबद्ध रहेको उनले बताए। उनले भने, ‘हेयर फर यू’ अर्थात ‘हामी तपाईंकै लागि’ छौं।’
इएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए।
इएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एटिसलाट ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने इएन्ड ग्रुपको एक अंश हो।