राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा कस्टम दसैंलेन्स ल्याएको छ।
नेपाली भाइबर प्रयोगकर्ताहरूलाई भर्चुअल शुभकामना र भावनाहरू साटासाट गर्न सजिलो बनाउन कोका कोलाले कस्टम दशैँ लेन्स ल्याएको हो।
भाइबरको कोकाकोला दसैं लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो रहेको बताइएको छ।
दसैं लेन्सले भाइबरका अन्य लेन्सहरूजस्तै एआर–इन्याबल्ड् भिडियो मेजेजिङ एन्ड फोटोज् सेवा प्रदान गर्दछन्।
भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि नयाँ रोमाञ्चक फिचरहरू लक्ष्य राखेको छ। कस्टम दसैं लेन्सको प्रस्तुति उनीहरूको व्यावसायिक सहयात्राको पहिलो खुड्किलो रहेको कम्पनीको भनाइ छ।
भाइबरसँगको सहकार्यमा कोकाकोलाले नेपाल र भुटानका कन्ट्री डाइरेक्टर, आदर्श अवस्थी, भन्छन्,“यो दशैँमा कोका कोला र भाइबरले पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्स प्रस्तुत गर्न हातेमालो गरेका छन्। हाम्रो पेय पदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग ल्याउनेछन्।’
प्रयोगकर्ताहरूले च्याटमा भाइबरको क्यामेरा लन्च गरी उपलब्ध लेन्स छान्न सकिन्छ। आफ्नो कृतज्ञता, प्रेम व्यक्त वा क्यामरामा अविष्मरणीय क्षण कैद गर्दै एक भिडियो वा तस्वीर लिनसकिन्छ।