ओप्पोले ‘रेनो १० एक्स जुम सिरिज’ सार्वजनिक गरेको छ। फुटबल क्लव बार्सिलोनासँगको सहकार्य नविकरणको उपलक्ष्यमा सार्वजनिक यो संस्करणलाई कम्पनीले बार्सिलोना एडिसन पनि भनेको छ।
योसँगै कम्पनीले बार्सिलोनासँगको सहकार्य तीन वर्षका लागि नविकरण गरेको छ।
नविकरण गरिएको पार्टनर शिपमा ईन–स्टेडियम सिग्नेज, ट्रेनिङ क्याम्प्स, फ्यानहरुका लागि वर्कशप, रचनात्मक अनलाइन र अफलाइन फ्यान ईन्गेजमेन्ट क्रियाकलाप लगायत समावेस छन्।