नेपाल खुला विश्वविद्यालयले डिजिटल एजुकेशन आइसिटी अवार्डको उपाधि जित्न सफलभएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा राजधानीमा भएको अवार्डको ग्रान्ड फिनालेमा उक्त विश्वविद्यालयले अवार्ड जितेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीगिरि राजमणि पोखरेलले विश्वविद्यालयका आईटी तथा ईलर्निंङ एक्स्पर्ट पदमराज पन्तलाई उक्त अवार्ड प्रदान गरेका छन्।
लिभिङ विथ आइसिटीले डिजिटल एजुकेशन आइसिटी अवार्ड पहिलो पटक समावेश गरिएको विधा हो।
यस उपाधि सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्दतिमा सुधार ल्याएका शिक्षण संस्थालाई प्रदानगर्ने गरिन्छ।
यस विधाको लागि १५ संस्थाको आवेदन परेकोमा जुरी समूहले आवेदन परेका संस्थाको कार्यालय समेत भ्रमण गरेर मनोनयनको लागि ३ संस्था छनौट गरेको थियो।
अन्तिम ३ को मनोनयनमा तनहँको आदिकवि भानुभक्त क्याम्पस, वाफलको ज्ञानोदय मावि र मानभवनको नेपाल खुला विश्वविद्यालय परेका थिए। जस मध्येबाट नेपाल खुला विश्वविद्यालयले उक्त उपाधि जितेको हो।
कामकाजी विद्यार्थी तथा धेरै बर्षसम्म अध्ययन गर्ने अवसर नपाएका तर, पढ्ने इच्छा भएका विद्यार्थीलाई घर घर मै उच्च शिक्षा प्रदान उद्देश्यले नेपाल खुला विश्वविद्यालयले अनलाइनको माध्यमबाट घर मै बसेर डिप्लोमा र स्नातकतह देखि एमफिलसम्मको अध्ययन तथा अध्यापन गराउने कार्य गर्दै आएको छ।
नवीनतम सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्दतिमा नयाँ आयामको शुरुवात गर्न राष्टिय स्तरमा नेपाल सरकारले यस विश्वविद्यालय स्थापना गरेको थियो ।