भिभो नेपालले नयाँ उत्पादन भिभो एस १ नेपाली बजारमा ल्याएको छ।
कम्पनीको पहिलो एस सिरिजले ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरायुक्त फोन बजारमा ल्याएको हो।
भिभो एस १ स्मार्टफोनको स्क्रीन टच आईडी, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, एआई ट्रिपल रियर क्यामरा मुख्य विशेषता हुन्। स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर अप्सनमा बजारमा उपलब्ध छ।
भिभो एस १ मा ६ जिबी र्याम र १२८ जिबीको आन्तरिक स्टोरज (रोम) छ। जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ।
पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भिभो एस १ मा ४ हजार ५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ। उर्जा बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ भिभो एस १ तयार भएको कम्पनीको दावी छ।
नेपाली बजारमा यसको मूल्य ३४ हजार ६९० रुपैयाँ तोकिएको छ। उपभोक्ताहरुले आफ्नो नजिकको कुनै पनि मोबाइल रिटेल पसलमा गएर भिभो एस १ खरिद गर्न सक्नेछन्।
‘भिभो उपभोक्तामा आधारित प्रविधि ब्राण्ड हो, जो स्टायलिस स्मार्टफोन चाहन्छन् उनीहरुको लाईफस्टायलसँग मिल्ने फिचर यसमा छ’ भिभो नेपालका जनरल म्यानेजर मार्सले भने।
बजार निर्देशक ग्याभिनले फोन स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रीनका साथमा क्लियर भिज्युअल एक्सपेरियन्स र भरोसायोग्य पफर्मेन्सका साथमा आएको बताए। ‘भिभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन। यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ’ उनले भने।