चिनियाँ टेक जायन्ट हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक भएको छ। हुवावे डेभलपर सम्मेलनमा कम्पनीले उक्त डिभाइस सार्वजनिक गरेको हो।
हुवावेकै मातहतकै अनरले स्मार्ट स्क्रिन डिभाइस सार्वजनिक गरेको हो।
यो डिभाइसमा हुवावेले विकास गरेको हार्मोनी अपरेटिङ सिस्टम प्रयोग भएको छ। यो सिस्टम प्रयोग गर्ने संसारकै पहिलो डिभाइस पनि हो।
सिस्टममात्र होइन यसमा चिपसेट पनि हुवावेकै प्रयोग भएको छ। होङघु८१८ चिसेट प्रयोग भएको बताइएको छ।
अनर स्मार्ट स्क्रिन दुई भेरियन्टमा आएको छ। २ जिबी र्याम र १६ जिबी स्टोरेज र २ जिबी र्याम र ३२ जिबी स्टोरेज। यसको मूल्य चिनियाँ बजारमा ३७०० आरएमबी(चिनियाँ मुद्रा)बाट शुरु हुने छ।
फोर के क्वालीटीको भिडियो स्क्रिनिङ गर्ने बताइएको साइज भने ५५ इन्च हुने छ।